एजेन्सी - अन्तत लियोनल मेस्सी बार्सिलोनामा नै बस्ने भएका छन् । शुक्रबार मात्र मेस्सीले आफु यो सिजन बार्सिलोनामा नै बस्ने घोषणा गरेका हुन् ।
योसँगै फुटबल जगतमा अहिले उब्जीएको ठुलो प्रश्नको हल निस्किएको छ । अब भने मेस्सीले बार्सिलोना छाड्छन् कि बस्छन् भन्ने कुराको अन्तय भएको छ ।
यस्ता छन् मेस्सीले बार्सिलोना नछाड्नुका ४ कारणहरु
१. मेस्सीले बार्सिलोना नछोड्नुको प्रमुख कारण भनेको उनको क्लबको अध्यक्षले उनलाई ७ सय मिलियन युरोको रिलिज क्लज नतिरी जान नदिने अडानका कारण हो ।
यति ठुलो रकम तिरेर उनलाई लैजानकाको लागि कुनै पनि क्लबलाई सम्भव हुने थिएन । रकम नतिर्नेका लागि उनी अदालतसम्म जान पर्ने हुन्थ्यो । क्लबको मायाको कारण उनी अदालतसम्म जान सक्दैन्थे । जाँदा पनि गएनन् ।
२.मेस्सीले सन् २००० सेप्टेम्बरमा बार्सिलोनासँग पेपर नेपकिनमा १३ वर्षको उमेरमा बार्सिलोनासँग सम्झौता गरेका थिए ।
त्यो बेलादेखि यहाँसम्म आइपुगेको बेला सम्पूर्ण कुरा क्लबले नै दिएका कुरा स्मरण गर्दै उनले क्लब नछोड्ने निर्णय गरेका हुन् ।
उनी क्लबले नै उनको जिन्दगी र उनले उनको जीवन यसैमां बनाएका कारण पछि हटेका हुन् । हुन पनि बार्सिलोनाले उनलाई र उनले बार्सिलोनालाई सबैथोक दिएका छन् ।
यसमा उनीले सुरुमा क्लब छोड्ने निर्णय गरे पनिपछि अलि भावुक भएजस्तो पाइन्छ ।
३. मेस्सीले बार्सिलोना नछोड्नुको अर्को कारण हो उनको परिवार । क्लब छोड्ने विषयमा उनले आफ्नी पत्नी एन्टोनेला र बच्चाहरुसँग कुरा गर्दा उनीहरु मेस्सीको यो कुरा विरुद्ध भए ।
मेस्सीको कुरा सुनेर उनीहरु रोएपछि उनी आफुले गरेको निर्णयप्रति सोच्न बाध्य भएका थिए । किनकि उनका बच्चाहरुले बार्सिलोना र स्कूल छोड्न चाहँदैन्थे ।
४.मेस्सीले परिवारमा पनि छोरो माटिओको कारण रोकिएका हुन् । उनले माटिओ सानो भएका कारण अहिले अन्त कतै बसाईं सरेर गएर नयाँ जिन्दगी कसरी सुरुवात गर्ने भन्ने कुरा बुझ्न सकेको छैन, त्यसकारण पनि आफु रोकिएको बताएका छन् ।