एजेन्सी - यूईएफए नेसन्स लिग अन्र्तगत भएको खेलमा पोर्चुगलसँग क्रोएसिया स्तब्ध भएको छ ।
लिगमा पोर्चुगलले क्रोएसियालाई ४–१ को गोलले हराएको थियो । रोनाल्डो बिना नै मैदानमा उत्रिएको टोलीले उत्कृष्ठ प्रर्दशन गर्दै राम्रो नतिजा निकालेको हो ।
रोनाल्डोले बुढी औंलामा चोट लागेका कारण खेल मिस गरेका थिए । खेलमा पोर्चुगलले ४१ औं मिनेट जोआओ क्यान्सेलोको सहायतामा अग्रता बनाएको थियो ।
खेलमा आक्रामक देखिएको पोर्चुगलले एकपछि अर्को गोल गर्न सफल भयो । ५८ औं मिनेटमा डीओगो जोटाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए ।
त्यस्तै प्रतियोगितामा पोर्चुगलका जोआओ फेलिक्सले ७० औं मिनेटमा र आन्द्रे सिल्भाले ९० मिनेट पछिको अतिरिक्त समयमा गोल गरेका थिए ।
क्रोएसियाका बु्रनो पेटकोभिकले पनि खेलको अतिरिक्त थप समयमा सान्तवना गोल गरेका थिए ।