एजेन्सी - विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगमा स्वीडेनलाई हराएको छ ।
गत राति भएको लिगको पहिलो खेलमा फ्रान्सले स्वीडेनलाई १–० गोलले हराएको हो ।
खेलमा फ्रान्सका युवा फुटबलर एमबाप्पेले ४१औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
पुरा खेलमा एमबबाप्पेको यो गोल नै फ्रान्सको निर्णायक गोल साबित भयो ।
थप बाँकी समयमा दुबै देशले गोल गर्न नसक्दा खेल यतिमा नै टुंगिएको थियो ।