खासमा म जन्मनै नपर्ने प्राणी जन्मेको । किनकी, म जन्मनुपर्ने कुनै कारण नै थिएन । म नजन्मेको भए पनि यो ब्रम्हाण्डलाई केही फरकपर्ने थिएन । नजन्मनुपर्ने, जन्मिइ त हालें ।
म हुर्कनपर्ने कुनै कारण थिएन । (आमाका अनुसार म सात महिनामा जन्मेको हुँ । जन्मँदा मकैको खोयो जत्रै थिएँ । हेर्न आउने मान्छेहरू कसैले पनि बाँच्छ भन्दैनथे । पछि धेरैपटक मर्यो भनेर आमाले काखबाट मजेरीमा फाल्नु भयो । बौरिएपछि फेरि काखमा लिनु भयो ।) हो, म हुर्कनैपर्ने कारण थिएन, रै पनि हुर्किइ त हालें ।
त्यसपछि धेरैपटक निमोनिया र टाइफाइड भएर अस्त–अस्त भएँ । त्यहाँबाट पनि उम्किएँ । बेरोजगारको अति पीडा भोगेकोताका धेरैपटक आत्महत्याको प्रयास गरें । तर हिम्मत आएन । वास्तवमा म त्यतिबेलै आत्महत्या गर्नुपर्ने मान्छे । मैले आत्महत्या नगर्नुपर्ने कुनै कारण थिएन । त्यो भुँवरीबाट पनि नउम्कनुपर्ने थियो, तर उम्कि त हालें ।
त्यसपछि जेनतेन बाँचिरहेकै छु, यो मेरो दाबी हो ।
हैट, अन्तै बहकिएँ जस्तो छ । मैले उठाउन खोजेको विषय कोरोना महामारी वा आतंकसँग सम्बन्धित छ । कोरोनाका कारण म उहिल्यै मरिसक्नुपर्ने मान्छे हो, अर्थात चैततिरै ।
नेपालमा कोरोना सल्कँदै गर्दा म कान्तिपुर पब्लिकेसनमा काम गर्थें । सार्वजनिक बस चढेर कार्यालय र डेरा आवतजावत गर्थें ।
- महामारीलाई मौकाका रूपमा लिनेहरूले कुस्त कमाए । त्यसपछि औषधिको व्यापारका लागि चलखेल सुरु भयो । जुन अहिले पनि जारी छ ।
सार्वजनिक क्याफे वा चिया जक्सनमा खाना, खाजा खान्थें । कहिल्यै केही बारिनँ । मान्छेहरूले कोरोनाबारे व्यापक बहस गर्दा, कोरोनाबाट डराउँदा मैले भन्थें, ‘यो रोग होइन, आतंक हो । यो उद्योग हो– कोरोना उद्योग । यो विश्व अर्थ–राजनीतिसँग जोडिएको छ ।’ यसो भन्दा आतंकितहरूले मैलाई उडाउँथे ।
क्रमशः कोरोनाको विज्ञापन यसरी भयो कि, मलाई पनि डराउन बाध्य बनायो । लकडाउन भयो । सहरबजार सुनसान । डरलाग्दो परिस्थिति निर्माण गराइयो । क्रमशः कोरोनाकै कारण व्यापक मान्छेहरू मरेको बताइयो । स्पेन, इटली, अमेरिकाजस्ता शक्तिशाली भनिएका देश आक्रान्त हुँदै गए । चीनबाट सुरु भएको भाइरसले युरोपमा आतंक मच्चाउन सुरु गर्दा चीन क्रमशः लयमा फर्कन थालेको थियो । युरोपबाट अमेरिकामा आतंक मच्चाउन सफल कोरोनाले भारतलाई नराम्ररी गाँजेको विज्ञापन भयो । त्यसको प्रभाव नेपालमा नपर्ने कुरै भएन । बेस्मारी असर गर्यो, गरिरहेछ । र, कतिसम्म असर गर्छ अनिश्चित छ ।
कोरोनासँगै मास्क, सेनिटाइजरलगायत मेडिकल सामग्रीको व्यापार फस्टायो । आरडिटी र पिसिआर मेसिन तथा त्यसको किटका नाममा अर्बौको चलखेल भयो, भइरहेको छ । महामारीलाई मौकाका रूपमा लिनेहरूले कुस्त कमाए । त्यसपछि औषधिको व्यापारका लागि चलखेल सुरु भयो । जुन अहिले पनि जारी छ ।
कोरोनाकै मामलामा अमेरिकाले चीनलाई, चीनले अमेरिकी सैनिकलाई, कतिपय देशले विश्व स्वास्थ्य संगठनलाई शंका गरे । यसलाई फरक तरिकाको विश्वयुद्ध भनेर पनि टिप्पणी गरियो । हुँदाहुँदा अहिले कोरोना आतंकविरुद्ध जर्मनलगायत देशमा विद्रोह सुरु भएको छ । नेपालमा पनि केही समूहले कोरोना आतंकविरुद्ध विभिन्न अभियान चलाइरहेका छन् । क्रमशः कोरोना रोग हो कि आतंक ? भन्ने बहस आमनागरिकबीच आइपुगेको छ ।
कोरोनाः रोग कि आतंक ?
कोरोना एउटा सामान्य भाइरस भएको कुरा चिकित्सा विज्ञानका जानकारहरूले भनिरहेकै छन् । यसको संक्रमणबाट मृत्यु हुने सम्भावना १ दशमलव ५ देखि २ प्रतिशतसम्म हुने भनिएको छ (भलै, यसमा चिकित्सकहरूको मत बाझिएको छ) । कुनै भाइरस संक्रमणबाट २ प्रतिशतसम्म मृत्युको सम्भावना हुनु स्वाभाविक हो । किनकि, हाम्रो शरीरमा अरू थुप्रै त्यस्ता भाइरस छन्, जसले रोगप्रतिरोधी क्षमता कमजोर भएकालाई बढी प्रभावित गर्छ ।
- काठमाडौंको एउटा बैंकमा कार्यरत सबै कर्मचारीको कोरोना परीक्षण भयो । तर अचम्म एउटा ल्याबमा परीक्षण गरिएको सबैको रिपोर्ट पोजेटिभ आयो, अर्कोमा गरिएकाको सबै नेगेटिभ । बैंकका कर्मचारीले यो कुरालाई गोप्य राख्न खाजेका छन् ।
कोरोना उद्योग यसरी चलाइयो कि, यो संक्रमण हुनेबित्तिकै मान्छे मर्छ जसरी । आतंकको व्यापार भयो । कोरोनाले दीर्घरोगी र स्वासप्रश्वासमा समस्या हुनेलाई छिटो मार्छ भनियो । त्यो स्वभाविक हो । कुनै पनि शरीरका लागि प्रतिकूल भाइरसले निरोगीलाई भन्दा रोगीलाई छिटो प्रभाव पार्छ ।
कोरोनाका कारण भन्दा आतंकका कारण मर्नेको संख्या धेरै भइसक्यो । खान नपाएर मर्नेहरू धेरै भए । मनचिन्ते रोगले आत्महत्या गर्नेहरू धेरै गुणा भइसके । सर्पले टोकेर मरेकादेखि सडक दुर्घटनामा मरेकाकोसमेत पिसिआर रिपोर्ट पोजेटिभ देखिएका छन् ।
विश्वसँगै नेपालको मात्रै तथ्यांक हेर्ने हो भने पनि कोरोना संक्रमण बढेदेखि यताको कुल मत्युदर घटेको छ । यसको अर्थ मान्छे कम मरेका छन् । तर, कोरोना पोजेटिभ देखिएकाको मृत्यु चाहिँ मृत्यु जस्तो, अरूचाहिँ ख्यालख्याल जस्तो बनाइएको छ । भ्रमको व्यापार भइरहेको छ ।
कोरोना परीक्षण गर्ने पिसिआर मेसिनलाई नै ‘चिकित्सकीय प्रयोगका लागि’ होइन भनिएको कुरा आएको छ । भाइरसलाई धेरैको सङ्ख्यामा देखाउने पिसिआर मेसिनको विश्वसनीयतामाथि नै प्रश्न छ ।
पिसिआर परीक्षणबारे बुझ्न एउटा उदाहरण प्रशस्त छ । काठमाडौंको एउटा बैंकमा कार्यरत सबै कर्मचारीको कोरोना परीक्षण भयो । तर अचम्म एउटा ल्याबमा परीक्षण गरिएको सबैको रिपोर्ट पोजेटिभ आयो, अर्कोमा गरिएकाको सबै नेगेटिभ । बैंकका कर्मचारीले यो कुरालाई गोप्य राख्न खाजेका छन् ।
आरडिटीको व्यापार फस्टाउन राज्यस्तरबाटै ठूलै चलखेल भयो । एकताका जसले पनि आरडिटी परीक्षण गराए । तर नतिजा यस्तो आयो कि, आरडीटी पोजेटिभ देखिएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आयो । अहिले आरडिटी परीक्षण नै रोकिएको छ ।
उपचार हुँदैन, तर एकै व्यक्तिका लागि लाखौं खर्च !
सबैलाई थाहा छ कि, कोरोना सल्क्यो भने उपचार हुँदैन । तर, यहाँ एकजना कोरोना संक्रमितका नाममा लाखौं खर्च भइरहेको छ । क्वारेन्टिन र आइसोलेसनको नाममा निरोगीलाई रोगी बनाइएको छ । उपचार गर्न अस्पतालसम्म पुग्न नपाएर बाटैमा विरामीको मृत्यु भइरहेको छ । यो सबै नौटङ्की के–के लागि ? प्रश्न उठेको छ ।
- तर, भोलि मलाई कोरोना संक्रमण भएछ र मरेछु भने पनि ‘खुच्चिङ’ चाहीँ नभन्नु होला । किनकि, संक्रमण भएर मर्नसक्ने २ प्रतिशत सम्भवनाभित्र मै पनि पर्न सक्छु । तर, तपाईं नआत्तिनुस् ! किनकि, यो रोगभन्दा बढी आतंक हो, व्यापार हो ।
कोरोना उद्योगका ब्राण्ड एम्बेसडर !
विश्व अर्थराजनीतिलाई प्रभाव पार्ने नियतका साथ उत्पादन गरी सप्लाई गरिएको कोरोना आतंकको प्रमोसनमा प्रभावशाली मान्छेलाई प्रयोग गरिएको छ । त्यसका थुप्रै उदाहरण छन्, तीमध्ये भारतका कलाकार अमिताभ बच्चन र नेपालका उद्योगी विनोद चौधरीबारे छोटो कुरा गरौं ।
विनोद चौधरी, जो विश्वकै धनीमध्येका एक हुन् । उनी घरमै बस्छन् । सबै सुरक्षाका साधन प्रयोग गर्छन् । कतै जान पर्यो भने आफ्नै निजी साधन प्रयोग गर्छन् । जहाँ पायो त्यहीँ गएर खाँदैनन् । खाद्य सुरक्षामा कुनै समस्या छैन । तर उनलाई कोरोना सल्क्यो रे । कलाकार अमिताभ बच्चनको मामला पनि त्यही हो ।
उनीहरू जस्तो हैसियत, औकात भएको मान्छेलाई कोरोना लाग्ने, भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको कोरोनाकै कारण मृत्यु हुने । तर, हाम्रो सहरका सडकमा काम गर्ने, लकडाउन खुलेका बेला सार्वजनिक बस चलाउने तथा चढ्ने, तरकारी व्यापार गर्नेलगायतलाई कोरोना नलाग्ने ! यो अचम्म छैन त ?
कोरोनाको सप्लाइ यसरी हुन्छ भनिएको छ कि, एकजनालाई सल्यो भने ऊसँग जोडिएका सबैलाई लाग्छ, अनि मरिन्छ । तर सुत्केरी आमाको कोरोनाबाट मृत्यु हुँदा बच्चालाई केही नभएकोलगायत थुप्रै नजीर छन् । यसको कोरोनाको चरित्रमाथि नै प्रश्न उठाएको छ ।
हो, म कोरोना सल्कन सुरु भएदेखि नै निरन्तर सक्रिय छु । कार्यालय र कार्यक्रमहरूमा हिँडिरहेको छु । खानपानमा उति ध्यान पुर्याउने मान्छे होइन । तीनपटक टाइफाइड र दुईपटक निमोनिया भइसकेको मान्छे हुँ । कोरोनाले मलाई नभेट्नुपर्ने र म नमर्नुपर्ने कुनै कारण छैन ।
तर, भोलि मलाई कोरोना संक्रमण भएछ र मरेछु भने पनि ‘खुच्चिङ’ चाहीँ नभन्नु होला । किनकि, संक्रमण भएर मर्नसक्ने २ प्रतिशत सम्भवनाभित्र मै पनि पर्न सक्छु । तर, तपाईं नआत्तिनुस् ! किनकि, यो रोगभन्दा बढी आतंक हो, व्यापार हो ।