ललितपुर– कोरोना महामारीका कारण लामो समयसम्म अन्योलमा रहेको रातो मछिन्द्रनाथको जात्रालाई लिएर गत बिहिबार पुल्चोकमा भएको झडप भयो । सो घटनापश्चात् १९ गते गुठियारहरुले क्षमा पूजा गरे ।
जात्रालाइ भदौ महिनासम्मै समापन गर्ने निर्णयअनसार आइतबार कडा सुरक्षाबीच रातो मछिन्द्रनाथको रथ र मीननाथको रथयात्रा गरियो । दुवै रथलाई आइतबार पुल्चोकको सोह«खुट्टे पाटी पुर्याइएको छ ।
वैशाखमै हुनुपर्ने देशको सबैभन्दा लामो साँस्कृतिक रथयात्रा यस वर्ष औपचारिकतामा सिमित भयो । रातो मछिन्द्रनाथ देवतालाई भने आउँदो २९ गते बुङमती लैजाने निर्णय भएको छ । यसअघि २६ गते नै बुङमती लैजाने र्णयलाई गुठियारहरुले सोमबार बिहान परिमार्जन गर्दै २९ मा बुङमती लाने भएको हो । रथ भने १२ वर्षमा एक पटक बुङमती लैजाने गरिन्छ ।