काठमाडौं– गत बिीबार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपबाट समातिएका ६ जनालाई कोरोना संक्रमण देखिएको छ । ललितपुरको पुल्चोकमा भएको झडपका क्रममा २३ जना पक्राउ परेका थिए ।
पक्राउ परेका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको हो । अन्यको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
रथ तान्न खोज्दा भएको उक्त झडपका क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट भएको थियो ।