काठमाडौं– छन्द–तरंगले ‘छन्द साधना पुरस्कार–२०७७’ महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखनका साथै १० महाकाव्य, १० खण्डकाव्य, सयौँ फुटकर कविताको प्रकाशन गरेर नेपाली छन्दकविताको इतिहासमा अतुलनीय योगदान दिएबापत न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
पुरस्कारको राशि २५ हजार र प्रमाणपत्र रहेको उक्त पुरस्कार वातावरण सहज हुनासाथ प्रदान गरिने संस्थाका संस्थापक तथा संयोजकद्वय रामप्रसाद ज्ञवाली र देवी नेपालले जनाए ।
नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित ज्ञवाली र नेपालको सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेका अवसरमा २०७५ भदौ २२ गतेदेखि सुरु गरिएको ‘छन्द–तरङ्ग’ले आफ्नो दुई वर्षे यात्रा पूरा गरेको छ ।