काठमाडौं– पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सयमाधिमा देशभरका अस्पतालबाट ७ सय ३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म नेपालमा ७ लाख ७७ हजार ५ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
अहिले देशभरका संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना तथा हामे आइसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् । ४ हजार ७ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर २० जना कोरोना संक्रमित मध्ये २० जनाको भेन्टिलेटरमा तथा १ सय ७१ ज्नाको आइसीयूमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा ३ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
अहिलेसम्म नेपालमा ४७ हजार २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।