काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वका ४ हजार भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा विश्वभरका ४ हजार ८ सय २० जना मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनमा उल्लेख छ ।
यो अघिल्लो २४ घण्टाको भन्दा कम हो । अघिल्लो २४ घण्टामा विश्वका ५ हजार ४ सय ४६ जना मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए ।
विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमणबाट अहिलेसम्म विश्वभरका ८ लाख ८१ हजार ४ सय ६४ जना मानिसको मृत्यु भैसकेको छ ।
विश्वका २ करोड ७० लाख ३२ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।