काठमाडौं– पछिल्लो २४ घण्टामा विश्वका ३ लाख भन्दा धेरै कोरोना संक्रमित उपचारपछि निको भएर फकिएका छन् । वितेको २४ घण्टामा २ लाख ३ हजार ६ सय ९६ जना कोरोना मुक्त भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
अहिलेसम्म विश्वभरीका १ करोड ९५ लाख ६९ हजार ९ सय ९३ कोरोना संक्रमितले कोरोनालाई जितेका छन् ।
सबैभन्दा धेरै अमेरिकामा ३७ लाख ५७ हजार ८ सय ७४ जना मानिस कोरोना मुक्त भएका छन् । अमेरिकामा अहिले २५ लाख ३४ हजार भन्दा धेरैमा संक्रिय किसिमको संक्रमण रहेको छ ।
विश्वमा कोरोना संक्रमण मुक्त हुने मध्ये ७१.२२ प्रतिशत मानिसले कोरोनालाई जितेर उपचारपछि घर फर्किएका छन् ।
नेपालमा पनि ३० हजार ६ सय ७७ जना मानिस उपचारपछि कोरोना संक्रमण मुक्त भएर घर फकिएका छन् ।