काठमाडौं- विश्व फुटबलमा केही दशकदेखि वर्चश्व जमाई रहेका पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो करिव एक वर्षदेखि देशको अन्तर्राष्ट्रिय खेलको मैदान बाहिर छन् । उनी १० महिना यता पोर्चुगलको जर्सीमा देखिएका छैनन् ।
तर उनी १० महिनादेखि एउटा विश्व रेकर्ड बनाउनका लागि पर्खिरहेका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले हालसम्म अन्तर्राष्ट्रिय खेलमा ९९ गोल गरेका छन् । यति बेला उनी सतक गोलको लागि मात्र १ गोलको पर्खाइमा छन् ।
अहिलेसम्म पोर्चुगलबाट १ सय ६४ खेल खेलेर ९९ गोल गरेका उनले अन्तर्राष्ट्रिय खेलमा थप १ गोल गरेर सतक गोलसहित सर्वाधिक गोल गर्ने विश्वको दोस्रो फुटबलर बन्ने दाउमा छन् ।
तर खुट्टाको चोटका कारण केही सातादेखि जारी युइएफए नेसन्स लिग उसले खेल्न सकिरहेका थिएनन् । उनको गोल हान्ने खुट्टा नै चोटमा परेपछि रोनाल्डोको एक गोलको प्रतीक्षाको समय लम्बिएको हो ।
अन्तर्राष्ट्रिय फुटबल खेलमा यसअघि इरानका अली देईले १ सय ४९ खेलमा १ सय ९ गोल गर्दे सर्वाधिक गोलकर्ता बनेका थिए ।
सर्मथकको विश्वास
गत शनिबार खुट्टाको औंलाको चोटका कारण रोनाल्डोले क्रोएशियासँगको खेल गुमाएका थिए । उक्त खेलमा पोर्चुगलले क्रोएशियालाई चार गोल गर्दै शानदार जित हासिल गरेको थियो ।
रोनाल्डोविनै मैदानमा चार गोलको नतिजा निकाल्दा उनी ती गोलको भागीदार हुन पाएनन् । यदि उक्त खेलेको भए रोनाल्डोको करिअरमा एक सय गोलसँगै देशको लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी भन्नेमा पोर्चुगल सर्मथकको विश्वास थियो ।
रोनाल्डोले युरो कपको क्वाटरफाइनलमा लक्जमबर्गविरुद्ध अन्तिमपटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जँहा पोर्चुगलले २-० को जित पनि निकालेको थियो ।
खुट्टाको चोट बाधक
पोर्चुगलका प्रशिक्षक फर्नाडो सान्तोसले रोनाल्डोलाई खुट्टाको चोटको कारण मैदान बाहिर राख्नु परेको बताएका छन् । शनिबारको खेलका लागि रोनाल्डोले सोमबार र मंगलबार टोलीसँग प्रशिक्षण पनि लिएका थिए तर बुधबार उनको औंलामा चोट लाग्यो ।
सान्तोस भन्छन्, ‘अहिले पनि आराम गरिरहेका छन् र औषधी पनि लिइरहेका छन् । उनी छिटै निको भएर टिममा फर्किनेछन् । नेसन्स लिग अन्र्तगत ९ सेप्टेम्बरमा पोर्चुगलले दोस्रो खेल स्विडेनविरूद्ध खेल्दैछ । यदि रोनाल्डो फिट भएको अवस्थामा उनी पनि मैदानमा हुनेछन् ।
१८ वर्षको उमेरमा डेब्यू
क्रिस्टियानो रोनाल्डोले सन् २००३ अगस्ट २० मा १८ वर्षको उमेरमा काज्किस्तानसँग भएको खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
खेलमा पोर्चुगलले १–० को जित निकाले पनि उनले गोल गर्न सकेका थिएनन् । सन् २००४ मा भएको युरो कपमा भने रोनाल्डाले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । ग्रिसलाई २–१ ले हराएको उक्त खेलमा उनले एक गोल गरेका थिए ।
फुटबलमा कोरोनाको छाँया
विश्वभर फैलिएको कोरोना भाइरसको असर युरोपमा झन् धेरै परेको छ । चीनको वुहानबाट फैलिएको भाइरस सिधै युरोप पुगेको थियो । त्यसैको कारण पुरा युरोपमा नोभेम्बरपछि कुनै पनि अन्तर्राष्ट्रिय खेलहरू आयोजित हुन् सकेनन् ।
यो बीचमा केही समय पर धकेलिए पनि क्लब गेम ला लिगा, च्याम्पियन्स लिग तथा युरोपा लिग भने सम्पन्न भयो । कोरोनाकै कारण यो वर्ष हुनुपर्ने युरो कप अर्को वर्षको लागि सारिएको छ ।
न्यूजनाउको सहयोगमा