काठमाडौं– पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
योसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय १२ पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७७ लाख ५३ हजार ६८ जना सङ्क्रमित छन् ।