काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६ भदौमा बस्ने स्थायी कमिटीको बैठकका लागि अध्यक्षद्वयले प्रस्ताव तयार पारेका छन् । प्रस्तावमा पार्टी विभाजनको संघारमा पुगे पनि विभाजन हुनबाट बच्न सफल भएको उल्लेख छ ।
प्रस्तावमा दुवै अध्यक्षको कार्यविभाजन गरिएको छ । कार्यविभाजन कार्यदलले बुझाएको प्रतिवेदनअनुसार हुने उल्लेख छ । पार्टी र सरकार सञ्चालन गर्न दुवै अध्यक्षबीच समन्वय गरेर जाने उल्लेख छ ।
पार्टीको केन्द्रीय कमिटीको बैठक १५ कार्तिमा बोलाउने र महाधिवेशन कार्ययोजना पारित गर्ने भनिएको छ । चैतमा महाधिवेशन गर्ने तयारी गर्ने गरी काम गर्ने प्रस्तावमा उल्लेख छ ।
मन्त्रिमण्डल पुनर्गठन गर्ने पनि प्रस्तावमा उल्लेख छ । राजनीतिक नियुक्ति पनि प्रस्तावमा छ । यसका लागि योग्यता क्षमता निष्ठालगायतका मापदण्ड बनाइएको छ ।