काठमाडौं - चितवनमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा ३ सय १९ स्वाब परिक्षण मध्ये ३ सय ५ जनाको रिर्पोट निगेटिभ आएको छ ।
स्वाब परिक्षणको नतिजा बुधबार राति आएको थियो । कोरोना संक्रमितहरु भरतपुर महानगरका १३ र रत्ननगर नगरपालिकाका १ जना रहेका छन् । जसमा ७ जना महिला र ७ जना पुरुष रहेका छन् ।