काठमाडौं- बर्दिया रम्भापूरका २९ वर्षीय नविन पोखरेल कोभिड १९ को महामारी भन्दा पहिले त्रिचन्द्र क्याम्पस लगायत अन्य क्याम्पसहरुमा आंशिक ‘पार्टटाइम लेक्चरर’कोरुपमा कार्यरत थिए ।
माइक्रोबाइलोजीमा स्नाकोत्तर गरेका उनी अहिले इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको कोभिड १९ ‘रियल टाइम रिभर्स ट्रान्सक्रिप्ट पोलीमेरेज चेन रियाक्शन’ (आरटिपिसिआर) स्वाब संकलन प्राविधिकहरु टोलीका साथ कार्यरत छन् ।

नवीन पोखरेल, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखामा
हरेक दिन आफ्नो अग्रज र टोलीका साथिहरुसँग कोभिड संक्रमित स्थानहरुमा संक्रमित र नजिकका व्यक्तिहरुको स्वाब संकलन गर्न व्यस्त छन् ।
उनले अहिलेसम्म आठ हजार भन्दा बढिको स्वाब संकलन गरिसके । जेष्ठ महिनादेखि नविन एक दिन पनि विदा नबसी दिनको आठ नौ घण्टा काम गर्दै आएका छन् ।
विश्वमा नोबेल कोरोनाको संक्रमण देखिएको आठ महिना भन्दा बढि भइसकेको छ । नेपालमा छ महिना बढि भयो । नेपालमा अहिले संक्रमणको संख्या ५० हजार नाघिसक्यो भने तीन सय बढिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जाँचको विधिमा पिसिआर परीक्षण भन्दा पहिले स्वाब संकलन गरिन्छ । जसको लागि इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको कोभिड १९ आरटिपीसिआर स्वाब संकलक प्राविधिकहरु कार्यरत ११ जनाको टोली छ ।
यो टोलीको काम संक्रमित स्थानको खबर अनुसार आवश्यक सामाग्री जस्तै पिपिई सेट, स्वाब संकलन किट, भिटिएम ट्यूब, स्यानिटाइजर, फेस सिड आदिको तयारी गर्छन् । स्वाब संकलन गर्नु अगावै व्यक्तिको व्यक्तिगत विवरण सूचना फारम भरिन्छ ।
त्यसपछि स्वाब स्टिकले स्वाब संकलन गर्छन् र त्यो स्वाब स्टिकलाई (भिटिएम) भाइरस ट्रान्सपोट मिडिया भन्ने सानो भाँडोमा राखिन्छ । जसमा एक किसिमको हाइ प्रोटिन फुड तीन मि.लि.जति हुन्छ जस्ले कोरोना भाइरसलाई मल्टिप्लाई (गुणा) गरि दिन्छ र त्यो भिाटिएम ट्यूबलाई सुरक्षितरुपमा आइस ब्यागभित्र २ देखि ८ डिग्रीमा बढिमा ६ देखि ८ घण्टासम्म राखिन्छ ।
सक्दो छिटो परिक्षण गर्ने ल्याबमा लगिन्छ । त्यहाँ पनि पहिले कसले कहाँको, कतिजनाको स्वाब संकलन गरियो र ल्याबमा ल्याएको समय रेकर्ड पुस्तिकामा राखिन्छ । परिक्षणको लागि समय लागेमा आइसब्यागलाई माइनस २० डिग्रीमा राखिन्छ । पिसिआर परिक्षण भन्दा पहिले फेरि फारमको नाम र ट्युब राखेको प्याकेटको नाम क्रस चेक गरिन्छ र पिसिआर परिक्षण गरिन्छ । पिसिआर परिक्षणबाट आएको नतिजा रेकर्ड राख्ने काम पनि यहि टोलीले गर्छन् ।
फ्रन्टलाइनमा बसेर काम गर्ने डाक्टर र नर्सभन्दा बढी स्वाब संकलनमा खटिने नवीन तथा उनका अग्रज र साथीहरु जोखिममा छन् । संक्रमित र संक्रमित नजिकका व्यक्तिहरुकोे स्वाब संकलन गर्दा आफूलाई संक्रमण हुन सक्ने पक्षलाई बढि ध्यान दिएको हुन्छ ।
जस्तै पिपिईको पूरा सेट सहि तरिकाले लगाउने ३/४ वटा पञ्जा लगाउने, स्यानिटाइजरको उचित प्रयोग गर्ने, र संकलन कार्यसकेपछि सहि तरिकाले पिपिई फुकाल्ने, प्रयोगमा आएका सामानहरुको उचित तरिकाले नष्ट गर्ने गर्छन् । यहि सबै कुरालाई ध्यानमा राखेर नै होला सायद चैतदेखि फिल्डमा खट्दै ५० हजार भन्दा बढि स्वाब संकलन गरिसकेको यो टोलीका अहिलेसम्म कोहीपनि संक्रमित भएका छैनन् ।
विज्ञहरुले मास्क, सामाजिक दूरी, साबुनपानीले हात धुने वा स्यानिटाइजरको व्यवस्थित प्रयोगले कोभिड १९ बाट जोगिन सहयोग पुग्ने बताउँदै आएका छन् । फोटो कथाका साथ नवीनसँगै एकैछिन स्वाब संकलन प्रक्रियामा सहभागी होऔं-

स्वाब संकलक टोली सामाग्रीहरुसहित निस्कदै ।

टोलीले प्रयोग गर्ने महाशाखाको गाडी ।

गाडीबाट स्वाब संकलन स्थलमा ओर्लदैं

कोरोना संक्रमणणो सुरक्षा कवच पिपिई लगाउँदै नवीन

मास्कलाई टाँस्न सघाउँदै टोली सदस्य

स्वाब संकलनको पूर्ण तयारी गरिदैं ।

ट्युबको नम्बरिङ र लेबलिङ गरिदै

स्वाब लिँदै नवीन

स्वाबलाई ट्युबमा सुरक्षित गरिदैं

स्वाबलाई ट्युबमा सुरक्षित गरिदैं

स्वाबसहितको ट्युबलाई नम्बरिङ गरिएको प्लास्टिकमा प्याक गरिदैं

प्याक गरिएको स्वाबहरुलाइ आइसबक्समा राखिदैं

प्याक गरिएको स्वाबहरुलाइ आइसबक्समा राखिदैं

स्वाब संकलन कार्य सकेपछि स्थलमै पिपिई, पञ्जा लगायत खोल्दै, ती प्रयोग गरिएका सामाग्री व्यवस्थापन व्यवस्थापन गरिदैं ।

पिपिई खोल्नुअघि स्यानीटाइज गर्दै

पिपिई, मास्क खोलेपछि नवीन

प्रयोग गरिएका सामाग्री व्यवस्थापन गरिदैं ।

संकलित स्वाबसहितको आइसबक्स लिएर महाशाखा फर्कदैं

पुनः नाम र स्वाबको फराममा अभिलेखीकरण गर्दै

पिसिआर परक्षिण गर्ने शाखामा स्वाबहरु । यहाँबाट सुरु हुन्छ स्वाबको पिसिआर यात्रा