फुटबलको इतिहास हेर्ने हो भने व्यावसायिक फुटबल खेलेर क्लबबाट धेरै गोल गर्नेहरु थुप्रै खेलाडीहरु छन् ।
त्यस्तै क्लबबाट मात्र नभई देशबाट अन्तर्राष्ट्रिय खेल खेल्दै धेरै गोल गर्नेहरुको अर्को सूची छ । यहाँ ती खेलाडीबारे संक्षिप्त चर्चा गरिन्छ ।
१. अली देई
अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै गोल गर्नेमा इरानका अली देईको नाम अगाडि आउँछ । उनी विश्व फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
देईले अन्तर्राष्ट्रिय फुटबल खेलमा इरानबाट १ सय ४९ पटक खेल्दै १ सय ९ गोल गरेका छन् ।
देईले इरानबाट सन् १९९३ देखि २००६ सम्म फुटबल खेलेका थिए । उनले पहिलोपटक पाकिस्तानविरुद्धको खेलमा डेब्यु गरेका थिए । देईले सन् १९९६ मा एकै वर्ष १८ खेलमा २२ गोल गरेर सबैलाई चकित पनि बनाएका थिए ।
हाल ५१ वर्ष पुगेका देई व्यावसाय गर्दै आफ्नो रिटाएर्ड जीवन बेथित गरिरहेका छन् । उनको यो कीर्तिमानको नजिक पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पुगे पनि उनको किर्तिमानलाई तोड्न सकेका भने छैनन् ।
२. क्रिस्टियानो रोनाल्डो
आफ्नो देशका लागि फुटबल खेलेर सबैभन्दा धेरै गोल गर्नेहरुको सुचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहेका छन् । रोनाल्डोले पोर्चुगलबाट १ सय ६५ पटक खेलेर १ सय १ गोल गरेका छन् ।
राष्ट्रिय खेलमा ९९ गोल रहेको उनको हाल जारी नेसन्स लिगमा स्वीडेनविरुद्ध २ गोल गरेपछि १ सय गोल पूरा भएको हो । हाल पोर्चुगलको कप्तान रहेका रोनाल्डो युभेन्टस्बाट व्यावसायिक रुपमा फुटबल खेलिरहेका छन् ।
उनी १८ वर्षको उमेरमा पोर्चुगलको राष्ट्रिय टिममा आवद्ध भएका थिए । रोनाल्डोले सन् २००३ अगस्ट २० मा काजिकिस्तानसँग भएको खेलमा डेब्यु गरेका थिए । हाल ३५ वर्षका उनले अझै केही समय पोर्चगलबाट अन्तर्राष्ट्रिय खेल खेल्नेछन् । उनी सर्वाधिक अन्तराष्ट्रिय गोलकर्ता बन्नमा मात्र ८ गोलले पछि रहेका छन् ।
३.मुख्तार दहारी
मलेसियाका मुख्तार दहारी अन्तर्राष्ट्रिय खेलमा ८६ गोल गर्दै तेस्रो स्थानमा छन् । उनले१ सय ३१ खेलमा यति गोल गरेका हुन् । दहारीले सन् १९७२ देखि १९८६ सम्म मलेसियाबाट खेलेका थिए ।
उनी १९ वर्षको उमेरमा मलेसियाको राष्ट्रिय टिममा प्रवेश गरेका थिए । १४ वर्षसम्म राष्ट्रिय टिमबाट फुटबल खेलेर रिटायर्ड भएका उनी केही समय लोकल कोचको रुपमा समय बिताए ।
उत्कृष्ट फुटबलरको परिचय बनाएका दहारीको सन् १९९१ मा ३७ वर्षको उमेरमा नै निधन भएको थियो । घाँटीमा समस्या भएका दहारीले रोगसँग लड्दालड्दै संसारबाट बिदा भएका थिए ।
४.फेरेन्क पुस्कास
हंगेरीका फेरेन्क पुस्कास ८४ गोलका साथ चौथो नम्बरमा रहेका छन् । पुस्कासले केवल ८५ खेलबाट यति गोल गर्न सफल भएका हुन् । खेलको आधारमा उनको गोल संख्या हेर्ने हो भने उनी सबैभन्दा अघि छन् ।
उनले गोल गर्न झुलेको कुनै अन्र्तराष्ट्रिय खेल नै नभए जस्तो देखिन्छ । पुस्कासले सन् १९४५ देखि १९५६ सम्म हंगेरीबाट खेलेका थिए । यही बीचमा नै हो उनले यी गोल गरेका हुन् ।
त्यसपछि उनी सन् १९६१ देखि १९९२ सम्म स्पेनबाट पनि खेलेका थिए । यो बीचमा पनि उनले ४ खेलमा ३ गोल गरेका छन् । देशलाई छोडेर अन्तर्राष्ट्रिय गोल मात्र गन्ने हो भने चाहिँ उनको ८७ गोल हुन्छ । पुस्कासको सन् २००६ नोभेम्बर १६ मा ७९ वर्षको उमेरमा निधन भएको थियो ।
५.गोडफ्रे चितालु
जाम्बियाका गोडफ्रे चितालु अन्तर्राष्ट्रिय खेलमा ७९ गोल गर्दै पाँचौ स्थानमा रहेका छन् । चितालुले यो गोल १ सय ११ पटकको खेलमा गरेका हुन् । उनी सन् १९६८ देखि १९८० सम्म जाम्बियाबाट खेलेका थिए ।
उनले २१ वर्षको उमेरमा देशको राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका थिए । जाम्बियाका राष्ट्रिय फुटबलमा योगदान दिईरहेका चितालुको ४५ वर्षको उमेरमा विमान दुर्घटनामा परेर निधन भएको थियो ।
सन् १९९३ अप्रिल २७ को दिन जाम्बियाको राष्ट्रिय फुटबल टिम सन् १९९४ मा फिफा वल्र्ड कपको समूह छनोटको लागि सेनगेल गएका बेला बिमानमा समस्या आई बिमान समुद्रमा डुब्दा चितालु सहित अन्य १८ खेलाडीको निधन भएको थियो ।
फिफाबाट