प्राचीन कालमा एउटा भिखारी राजालाई भेट्न राजाको दरवारमा गएछ । भिखारी दरबारको द्वारमा पुगेपछि भिखारीलाई ढोकामा बस्ने द्वारपालहरुले किन आएको भनेर सोधेछन् । द्वारपालहरुको प्रश्नको जवाफ दिँदै भिखारीले भनेछन्, ‘म राजाको सहोदर भाइ हुँ । म राजालाई भेट्न आएको हो ।’
भिखारीको जवाफ सुनेपछि द्वारपालहरु चकित भएछन् । द्वारपालहरुले यो राजाको भाइ चाहिँ होइन कोही आफन्त होला । त्यसैले राजालाई भेट्न आएको होला भन्ने सोचेर त्यो खबर राजासम्म पुर्याएछन् ।
त्यो सुनेपछि राजाले तुरुन्तै त्यस भिखारीलाई आफ्नो दरबारमा बोलाएछन् । दरबारमा पुगेपछि भिखारीले स्वयम्ले राजाको हाल खबर बारे सोधेछ । राजाले पनि आफ्नो अवस्थाबारे ठिकठाक भएको सुनाउँदै उनको बारे सोधेछन् ।
भिखारीले आफू निकै समस्यामा भएको बताउँदै आफ्नो दरबार जीर्ण भएको, रानीहरु बूढी भएका र आफ्नो ३२ जना सेवकहरूले पनि छोडेर गएको सुनाएछ ।
भिखारीको यी कुरा सुनेर राजाले त्यस भिखारीलाई दशवटा स्वर्ण मुद्रा दिन आदेश दिएछन् । भिखारीले राजालाई भनेछन्, ‘भाइ मलाई यति स्वर्ण मुद्राले केही पनि हुँदैन । मेरो राज्यकोे अवस्था असाध्यै खराब छ । मेरा खुट्टाले जहाँ टेक्छन्, त्यहाँ मरुभूमि हुन्छ । त्यहाँ अनिकाल लाग्छ । यदि मेरा खुट्टाहरुले सम्ुद्रमा टेके भने पनि त्यहाँका सबै पानीहरू सुख्खा हुन्छन् ।’
यी सबै कुरा सुनेर राजाले त्यस भिखारीलाई एक हजार सुनका सिक्का दिन आदेश दिएछन् । राजाले एउटा भिखारीलाई त्यत्रो स्वर्ण मुद्रा दिन लागेको देखेर दरबारका सबै मन्त्रीहरू छक्क परेछन् । मन्त्रीहरु चकित भएको देखेर राजाले भनेछन्, ‘यिनी साधारण मानिस होइनन् । यी मानिस धेरै बुद्धिमान छन् ।’
राजाले आफ्ना मन्त्रीहरुलाई सम्झाउँदै भिखारीले आफ्नो दरबार जीर्ण छ भनेको आफ्नो शरीर बूढो भयो भनेको हो । अनि ३२ जना सेवकहरुले छोडेर गए भनेको ३२ दाँत झरेर गयो भनेको हो । पाँच रानीहरु बूढी भए भनेर पाँच इन्द्रियहरूले काम गर्न छाडे भनेको हो भनेर अथ्र्याएछन् ।
जब मैले उसलाई १० स्वर्ण मुद्रा दिन आदेश गरेको थिए नि उसले मलाई समुद्रको बहानामा गाली गर्दै आफू जहाँ गए पनि त्यहाँ अनिकाल लाग्छ भनेको हो भनेर अर्थ खुलाएछन् ।
राजाले भिखारीले भनेको समुद्र र उसको खुट्टालाई तुलना गर्दै म राजा हुँ । मेरो भण्डारहरू विभिन्न सामानले भरिएका पनि छन् । तर उसको कुरा सुनेर मैले एक हजार स्वर्ण मुद्रा दिने कुरा गर्दा मेरो भण्डार केही हदसम्म भए पनि कमजोर भयो कि भएन त भनेर मन्त्रीहरुलाई सोध्दा राजाको कुरा सुनेर बसेका मन्त्रीहरु दंग परेछन् ।
मैले यो भिखारीको यँही चलाखी देखेर एक हजार स्वर्ण मुद्रा आदेश दिएको हुँ भनेर भनेछन् । भिखारीको रुपमा दरबार पसेको त्यो मानिस पछि दरबारमा राजाको सल्लाहकार भएर बसेछ ।
यसरी हेर्दा सामान्य देखिने मानिस पनि बुद्धिमानी निस्किए । उनको बाहिरी स्वरुपले त्यहाँ कुनै फरक पारेन ।