बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘सापकोटा कृषि फार्म’मा स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन् । आयातित प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन् । ‘बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन छ,’ फार्म सञ्चालक बैकुण्ठ सापकोटाले भने ।
महिना दिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार पर्ने उनको भनाइ छ । यस्तै दुई महिनाका जापनी बेन्टम कुखुराको जोडीलाई चार हजार पर्छ ।
‘यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्,’ उनले भने ।