काठमाडौं– विश्वभरीका २ करोड ८ लाख मानिसले कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।
अहिलेसम्म विश्वमा २ करोड ८९ लाख ३० हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ करोड ८ लाख मानिस कोरोना मुक्त भएका हुन् ।
पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८१ ह्जार १ सय ३४ जना संक्रमित थपिए । हाल विश्वमै ७२ लाख ६ हजार ४ सय ८ जनामा संक्रिय किसिमकाने संक्रमण रहेको छ ।
विश्वका ९ लाख २४ हजार ५८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा ४ हजार ९६१ ज्नाको कोरोना संक्रमणबाट मृत्यु भयो ।