काठमाडौं– तपाईले महिला भएकै कारण के कस्ता प्रश्नको सामना गर्नु भयो आफ्नो जीवनकालमा ? तिनले तपाईलाई दिक्दार बनाए बनाएनन् ? अभिनेत्री करिष्मा मानन्धरले भने आफूले महिला भएकै कारण केहि प्रश्न बारम्बार झेल्नु परेको बताएकी छिन् ।
करिष्माले ‘तपाई फलानोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे ।’ भन्ने प्रश्न आफूले महिला कलाकार भएको नाताले नै बारम्बार खेप्नु परेको बताएकी छिन् । उनले यहि प्रश्न उनीसँग नाम जोडिएका पुरुष कलाकारलाई कहिल्यै नसोधिएको पनि उल्लेख गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘ती पुरुषहरु जो सँग मेरो प्रेम सम्बन्ध भनिएको हुन्छ ती मानिसहरु लाई चाहिँ त्यो प्रश्न सोधिएको पाउदिन । किन रहेछ ? उनीहरु पुरुष भनेर आँट नगरेको होकी मलाई महिला भनेर हेपेको ?’
उमेर र पारिवारिक हिसाव दुबैले एक लेभलको जीवन बिताइरहेकी करिश्माले अहिले पनि प्रेम, फलानोसँग थियो रे भन्ने प्रश्नले हैरान बनाउने बताएकी छिन् । उनी भन्छिन्, ‘म एक विवाहित महिला हुँ । परिवारमा बस्छु । घरमा विहे गर्ने बेला भएकी छोरी छिन् । अब म यस्ता प्रश्नको के जवाफ दिउ ?’
अबका दर्शक स्रोता निक्कै स्मार्ट भैसकेको बताउँदै करिष्माले यस्ता प्रश्नको उत्तरमा दर्शक स्रोता नरमाउने बताएकी छिन् । उनले परिवार र श्रीमानको इज्जत गर्दिन पनि आग्रह गरेकी छिन् ।