काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर अहिलेसम्म १५ हजार १ सय १७ जनामा संक्रिय किसिमको संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा देशभरका अस्पतालबाट १ हजार १ सय ७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म ३८ हजार ६ सय ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
देशभरका संस्थागत आइसोलेसन ७ हजार ७३० जना र होम आइसोलेसनमा ५ हजार ३८७ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५३६ जना क्वारेन्टिनमा रहेका छन् । देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अहिलेसम्म नेपालमा ५४ हजार १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।