काठमाडौं– अध्यागमन विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि बन्द गरिएको पर्यटक राहदानी सेवा पुन: सुरु भएको छ ।
साउन २६ गते बन्द गरिएको सेवा भदौ त्यसको एक महिनापछि सुरु गरिएको हो । विदेशी नागरिकलाई दिइदैं आएको राहदनीसम्बन्धि सेवा सुरु भएको हो ।
विदेशी नागरिकलाई दिइदैं आएको राहदानी सेवा विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा नि:शुल्क राहदानी प्रदान गरिने जनाइएको छ ।
विभागका निर्देशक रामचन्द्र तिवारीले अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र समानाका अध्यागमन कार्यालयबाट नि:शुल्क राहदानी नियमित गरी प्रस्थान गराइने बताए । उनका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ता हुन सक्ने विदेशीलाई मङ्सिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क लिएर पर्यटक राहदानी नियमित गर्ने तयारी भएको छ ।
पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क बुझाउनुपर्ने छ । निर्देशक तिवारीका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका पर्यटकले पााच महिनाका अवधिसम्म गत चैत ८ देखि साउन ३० गतेसम्म १५० दिन नि:शुल्क राहदानी बसे तापनि साउन ३० गतेपछि मङ्सिरसम्म शुल्क तिरेर सेवा नियमित गर्न सक्नेछन् ।
अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुादै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने भएको छ । अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जनाकारी दिए ।