आज देशव्यापी रूपमा राष्ट्रिय बालदिवस मनाइँदै छ । यसै अवसरमा बालबालिकाका लागि शैक्षिक सामग्री उपहार ल्याएका छौँ, जुन उपहार प्रविधिको पहुँचबाहिर र पहुँचभित्र रहेका बालबालिका लागि निकै उपयोगी हुने अपेक्षा गरेका छौँ । हेर्नुहोस्, पढ्नुहोस्, सुन्नुहोस्, शैक्षिक उपहार :
पुस्तक
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पूर्वप्राथमिक तहदेखि कक्षा आठसम्मका विद्यार्थीका लागि स्वाध्ययन सामग्री निर्माण गरेको छ । ती सामग्री केन्द्रको वेभसाइटमा उपलब्ध छ । केन्द्रले स्थानीय तहलाई पनि वितरण गरेको छ । स्वाध्ययन सामग्रीमा सबै विषय समेटेर बनाइएका अभ्यास छन्, जुन अभ्यास विद्यार्थी भाइबहिनीले सजिलै गर्न सक्नुहुन्छ । साथै अभिभावकलाई पनि विद्यार्थीको सिकाइमा सहजीकरण गर्ने प्रयत्न गरिएको छ ।
स्वाध्ययन सामग्रीका लागि तलकाे लिंकमा यहाँ क्लिक गर्नुहोस् :
https://www.doe.gov.np/article/1101/test.html
कतिपय विद्यार्थी भाइबहिनीले पाठ्यपुस्तक किन्न पाउनुभएको छैन होला । चिन्ता नगर्नुहोस् । तपाईंले घरमै बसेर आफ्नो पाठ्यपुस्तक डाउनलोड गरेर पढ्न सक्नुहुन्छ । जसका लागि पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेभसाइटमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक राखिदिएको छ ।
पाठ्यपुस्तक डाउनलोड तथा अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् :
http://nepaknol.org.np/cdc/catalog/opac_css/index.php?lvl=cmspage&pageid=6&id_rubrique=105
कथा र खेल
बालबालिकाको प्रिय सामग्री हो कथा । कथाका पाठ्यपुस्तक खरिद गर्न पुस्तकालयसम्म पुग्नुपर्दैन । घरमै बसीबसी अंग्रेजी र नेपालीमा भाषामा लेखिएका रमाइला कथाहरू डाउनलोड गर्न सकिने सुविधा उपलब्ध छ । त्यस्तै, घरमै बसेर शब्द फुटाऊ, बेलुन फुटाऊ, शब्द बनाऊ, रेकर्डर र पञ्जल जस्ता खेल खेल्न पाइनेछ । यी खेल आधारभूत तह (१–३) का विद्यार्थीका लागि निकै उपयोगी हुनेछ ।
कथा पढ्न र खेल खेल्न तलकाे लिंकमा क्लिक गर्नुहोस् :
https://egr.olenepal.org
भिडियाे सामग्री
शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गतको श्रव्य दृश्य शाखाले टेलिभिजन र रेडियोका लागि श्रव्य दृश्य सामग्री उत्पादन गरेको छ । विभिन्न कक्षाका लागि उत्पादन गरिएको भिडियो सामग्री केन्द्रको युट्युब च्यानलमा राखिएको छ । जुन सामग्री विद्यार्थी भाइबहिनीका लागि निकै उपयोगी हुनेछ ।
भिडियाे सामग्रीका लागि तलकाे लिंकमा क्लिक गर्नुहोस् :
https://www.youtube.com/ncedvirtual
थप सामग्री
नेपाल टेलिभिजनको NTV+ च्यानलबाट र कक्षा ९ र १० का विषयगत पाठहरू Dish Media Network Ltd. को Dishhome, NITV Streamz Pvt. Ltd. को NET TV र Mega Max TV Pvt Ltd. को Max TV को विद्यालय शिक्षा (School Education) च्यानलबाट प्रसारण भइरहेकाे छ ।