काठमाडौं– कोराना भाइरस ९कोभिड १९०को सङ्क्रमण आज एक हजार १७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३९९ महिला र ७७१ पुरुषमा सङ्क्रमण देखिएको बताए । उनका अनुसार १० हजार ८७८ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार १७० जनामा सङ्क्रमण देखिएको हो ।
आज देखिएकासँगै नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । त्यस्तै अहिलेसम्म कूल ८ लाख ५१ हजार ४०५ जनामा पिसिआर परीक्षण गरिएको छ ।
यस्तै विगत २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन । हालसम्म ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् । कोभिड १९ जितेर ७१.५४ प्रतिशत सङ्क्रमित घर फर्किसकेका छन् । यस्तै सङ्क्रमितमध्ये १५ हजार ३९३ सक्रिय छन । यस्तै सात हजार २७५ होमआइसोलेसन, आठ हजार ११८ संस्थागत आइसोलेसन र छ हजार ८९२ जना क्वारेन्टिनमा छन् ।