नयाँ दिल्ली– भारतका १७ जना सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घीय संसदको बर्खे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित भएको सोमबार देखिएको हो ।
सङ्क्रमित भएकाहरुको सूचीमा सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली सांसदहरु मिनाक्षी लेखी, अनन्त कुमार हज्डी र प्रवेश सहिब सिंहलगायत रहेका छन् ।
भारतको संघीय संसदको बर्खे अधिवेशन सोमबारदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण यो अधिवेशन ढिलागरी शुरु गरिएको हो । बैठकमा सहभागी हुँदा कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाउन अनिवार्य गरिएको छ ।