काठमाडौं– कोरोना भाइरको सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ६७ लाख ४९ हजार २८९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । ४० लाख २७ हजार ८२६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९९ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
त्यसपछि भारतमा ४९ लाख ३० हजार २३६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । भारतमा ३८ लाख ५९ हजार ३९९ कोरोना भाइरस मुक्त भएका छन् भने ८० हजार ८०८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४३ लाख ४९ हजार ५४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । ३६ लाख १३ हजार १८४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३२ हजार ११७ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ६८ हजार ३२० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । ८ लाख ७८ हजार ७०० कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ६३५ जनाको मृत्यु भएको छ ।
पेरुमा ७ लाख ३३ हजार ८६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । ५ लाख ७३ हजार ३६४ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ८१२ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ७ लाख २१ हजार ८९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । ६ लाख ६ हजार ९२५ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार १२३ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ७१ हजार ७१६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । ४ लाख ७५ हजार ७९५ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ४९ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ५० हजार ७४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । ५ लाख ७९ हजार २८९ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४९९ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५ लाख ९३ हजार ७३० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ८४८ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ५ लाख ६५ हजार ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । ४ लाख २८ हजार ९५३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ६६७ जनाको मृत्यु भएको छ ।