‘किन मलाई छिट्टै नउठाइदिनुभएको ?’ स्वरूप आज एकाबिहानै आमासँग रिसाउँछन् ।
‘ए बिर्सिएछु त कान्छा । ल चिया खाऊ,’ आमा उनको अनुहार पुछिदिन्छिन् ।
स्वरूप भन्छन्, ‘क्लासका लागि लिंक आइसक्यो । आज म्यामले कराउनुहुन्छ । चिया अलि पछि खान्छु ।’
उनी आमाको मोबाइल लिएर हस्याङफस्याङ गर्दै कोठामा जान्छन् । म्यामले पठाउनुभएको ‘लिंक’ क्लिक गरेर अनलाइन कक्षामा जोडिन्छन् ।
- उनले सुरुसुरुमा अनलाइन कक्षा रमाइलो ठान्नुको कारण रहेछ, मोबाइलसँग मितेरी, साथीभाइसँग भेटघाट । उनी भन्छन्, ‘प्रोग्राम नै हुँदैन । खेल खेल्न पाइँदैन, साथीभाइसँग गफ गर्न पनि पाइँदैन, अचेल त कस्तो खल्लो लाग्छ ।’
कक्षा ४ मा पढ्ने उनले अनलाइनबाट पढ्न थालेको करिब तीन महिना भयो । उनी सुरुका कक्षामा निकै उत्साहित थिए । उनी भन्छन्, ‘सुरु सुरुमा क्या रमाइलो भयो । पछि पछि झ्याउ लाग्यो ।’
उनले सुरुसुरुमा अनलाइन कक्षा रमाइलो ठान्नुको कारण रहेछ, मोबाइलसँग मितेरी, साथीभाइसँग भेटघाट । उनी भन्छन्, ‘प्रोग्राम नै हुँदैन । खेल खेल्न पाइँदैन, साथीभाइसँग गफ गर्न पनि पाइँदैन, अचेल त कस्तो खल्लो लाग्छ ।’
- उनी अनलाइन क्लासको दुरुपयोग भएको बताउँछन् । भन्छन्, ‘गुरुगुरुआमा एकतर्फी बोलिरहनुहुन्छ । साथीहरू व्यक्तिगत च्याट गरेर डिस्टर्भ गर्छन् । गुरुगुरुआमाले यस्तो कुरा पत्तै पाउनुहुन्न ।’
पाँच कक्षामा पढ्ने चावहिलकी स्नेहा कटुवाल अनलाइन कक्षामा सहभागी हुन पाएकामा खुसी छिन् । ‘अध्ययनलाई निरन्तरता दिन पाइयो । नयाँ तरिकाले पढ्न पाइयो, खुसी लागेको छ,’ उनले भनिन् । बेलाबेलामा बत्ती जानेआउने भएकाले धेरैपल्ट कक्षामा सहभागी हुन नपाएको उनको गुनासो छ ।
त्यस्तै काठमाडौंका हेमन्त भट्टराई अनलाइन क्लास निकै उपयोगी भएको बताउँछन् । उनी भन्छन्, ‘धेरैजसो भिजुअल क्लास हुने वा भिडियो हेरेर पढ्न पाइने भएकाले रमाइलो भयो ।’
विद्यालय आउजाउ गर्न लाग्ने समय पढाइमा लगाउन सकिने उनको तर्क छ । उनी अनलाइन क्लासको दुरुपयोग भएको बताउँछन् । भन्छन्, ‘गुरुगुरुआमा एकतर्फी बोलिरहनुहुन्छ । साथीहरूले व्यक्तिगत रूपमा च्याट गरेर डिस्टर्भ गर्छन् । गुरुगुरुआमाले यस्तो कुरा पत्तै पाउनुहुन्न ।’
उनी अनलाइन कक्षामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम र डाक्टर वा मनोविश्लेषकसँग प्रत्यक्ष कुराकानी वा मोटिभेसनल कक्षा समावेश गर्नुपर्नेमा बताउँछन् ।
त्यस्तै, भक्तपुरका प्रत्युष श्रेष्ठ अनलाइनबाट सिकाइ निकै प्रभावकारी भएको बताउँछन् । उनी भन्छन्, ‘यस्तो बेला कोभिड संक्रमणबाट पनि बच्न सकियो र ध्यान दिएर पढ्दा निकै नै सिक्न पाइएको छ ।’
००००००
शिक्षक हरि कटुवाल वैकल्पिक विधिबाटै सिकाइ सहजीकरण गर्नुको विकल्प नभएको बताउँछन् । उनी भन्छन्, ‘शिक्षक यतिबेला आर्थिक समस्याका कारण गुजाराका लागि मानसिक तनावमा छन् । यस्तो बेलामा शिक्षकले राम्रो प्रस्तुति दिन नसकेका हुन् ।’
उनी पूर्वतयारीबिना अनलाइन कक्षा सञ्चालन गरिएकाले व्यवस्थित हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘साना कक्षाका लागि सञ्चालित अनलाइन त्यति प्रभावकारी देखिएन, जुन मैले पनि महसुस गरेको कुरा हो । तर ठुला कक्षामा निकै प्रभावकारी छ ।’
- उनी भन्छन्, ‘योजनाबद्ध रूपमा अनलाइन क्लास सञ्चालन नगरिएकाले होला– शिक्षण, शैक्षिक सामग्री, विद्युत्, इन्टरनेटमा समस्या देखियो । जसबाट तल्ला क्लासका विद्यार्थीलाई पछिपछि अनलाइन क्लास खल्लो लागेको हो ।’
शिक्षक हेमराज भट्टराई अनलाइन कक्षामा विद्यार्थीले गेम खेल्ने र साथीभाइसँग च्याट गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘घरमा अभिभावक नहुँदा र शिक्षकले कुनै पनि पाठ्यवस्तु स्क्रिन सेयर गर्दा विद्यार्थी देखिँदैनन्, त्यतिबेला विद्यार्थी अन्य क्रियाकलापमा सहभागी नहुँदा रहेछन् ।’
उनी अनलाइन कक्षा प्रभावकारी बनाउन अभिभावकसमेतको विशेष भूमिका हुने बताउँछन् ।
००००००
अभिभावक बालकृष्ण श्रेष्ठ अनलाइन कक्षाबाट छोराले राम्रैसँग ज्ञान हासिल गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘इन्टरनेटसम्बन्धी केही समस्याचाहिँ देखियो । यसका लागि विद्यालय तथा सरकारले नै सहयोग गर्नुपर्छ ।’
अभिभावक ज्ञानप्रसाद चौलागाईं यतिबेला अनलाइन कक्षा निकै सान्दर्भिक भएको बताउँछन् । पूर्वाधार नभई अनलाइन क्लास सञ्चालन गरिकाले हुनुपर्ने जति प्रभावकारी नभएको बताउँछन् ।
उनी भन्छन्, ‘योजनाबद्ध रूपमा अनलाइन क्लास सञ्चालन नगरिएकाले होला– शिक्षण, शैक्षिक सामग्री, विद्युत्, इन्टरनेटमा समस्या देखियो । जसबाट तल्ला क्लासका विद्यार्थीलाई पछिपछि अनलाइन क्लास खल्लो लागेको हो ।’
अभिभावक एकराज भण्डारी अनलाइनबाटै सिकाइ अगाडि बढाउनुपर्ने सन्दर्भमा यो निकै सान्दर्भिक र व्यावहारिक भएको बताउँछन् । उनी अनलाइन कक्षाका केही कमजोरी भएको बताउँछन् । भन्छन्, ‘शिक्षकलाई अनलाइन शिक्षणका लागि आवश्यक तालिम नदिइए शिक्षण गर्न लगाइएको छ । जसका कारण शिक्षकले ज्ञान ठिकसँग हस्तान्तरण गर्न नसकेको जस्तो लाग्यो ।’
अनलाइन कक्षामा शैक्षिक सामग्री कमै प्रयोग गरिएको सुनाउँछन्, ‘तसर्थ शिक्षकलाई तालिम दिएर अनलाइन कक्षामा अन्तरक्रियात्मक वातावरण सिर्जना गर्न सकेको भए निकै राम्रो हुने थियो,’ उनी भन्छन् ।