काठमाडौं– आफ्नो ४ वर्षे कार्यकाल सकेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमान घिसिङ आजै प्राधिकरणबाट बिदा भएका छन् । कुमानको कार्यकाल सकिदै गर्दा उनी चर्चा र बहसको विषय बने । अधिकांश नेपालीले पुनः उनीनै प्राधिकरणमा नियुक्त हुनु पर्ने माग राखे । राखिरहेकै छन् । नेपाली कलाकारले पनि घिसिङको पुनः नियुक्तिका विषयमा बहस गरिरको छन् ।
यहि क्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले विद्युत प्राधिकरणमा पुनः कुमानलाईनै नियुक्त गर्नु पर्ने माग राखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो मत राख्दै भनेका छन्, ‘३ करोड जनताले कुलमानलाई रुचाएकाले पुनः उनैलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नु पर्छ’ ।
एउटा जिल्लाको मत पाएको व्यक्ति सांसद मन्त्री बनेर मन्त्रालयको नेतृत् वगर्न सक्ने भन्दै देशले मन पराएको मान्छेलाई नजरअन्दाज नगर्न आगह गरेका छन् । उनले भनेका छन्, ‘मेचीदेखि महाकाली, हिमालदेखि तराइ ७७ वटै जिल्लाका साढे ३ करोड जनताका आत्मदेखि रुचाएको नाम हो कुलमान घिसिङ । जो नेपालको ७७ जिल्ला मध्ये कुनैपनि जिल्ला, कुनैपनि पार्टीबाट चुनाव लडे आँखा चिम्लेर निर्वाचित हुने निश्चित छ ।’ उनले प्रश्न गरेका छन्, ‘आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ ?’
मदनकृष्णले ७७ वटा जिल्लाकै मानिसको मन जितेका कुलमानलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगीभर चित्त दुखाउने बताएका छन् । उनले अगाडी लेखेका छन्, ‘लौ है आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एकपटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वविवेक र कर्म हो ।’
दैनिक १८ घण्टासम्म लोडसेडिङ भएका बेला प्राधिकरणको कार्यकारी निर्देशकोे पद कुलमानले सम्हाले पछि लोडसेडिङ अन्त्य भएको थियो ।