नेपाल नाई ट्रेड युनियनको ललितपुर जिल्ला समितिको अध्यक्ष महादेव ठाकुर का अनुसार ललितपुरभरी ३४० वटा नाई सैलुनहरु विगत चैत ११ गतेदेखि बन्द छन् । पछिल्लो निशेषाज्ञामा घर खर्च चलाउन घरपतिसँग करिब २० हजार सापटी लिए तर उनलाई छ जनाको परिवार पाल्न निकै सकस छ ।
सामान्य अवस्था भएको भए उनी प्रत्येक महिनाको अन्तिम मंगलवार परिवारसँग रमाइलो गरेर बस्थे । प्रत्येक महिनाको अन्तिम मंगलवार नाई पसल बन्द गर्छन् । तर आज उनी परिवारसँग रमाइलो होइन, पसल खोल्न नपाउँदा परिवार पाल्न नसक्ने अवस्था आएपछि सडकमा उत्रिए ।
मंगलवार जाउलाखेलदेखि विरोध र्याली निकाल्दै माइतीघरमा जम्मा भए । मापदण्ड बनाएर तुरुन्तै देशभरका सैलुन तथा पार्लर खोल्न पाउनुपर्ने माग उनीहरुको छ । त्यसैगरी उनीहरुले देशैभरका नाई श्रमिकहरुलाई तुरुन्त राहतको व्यवस्था गर्नसमेत माग गरेका छन् ।
कोभिड १९ का कारण सरकारले पार्लर व्यवसाय र नाई पसल खोल्न दिएको छैन.। ६ महिनासम्म व्यवसाय ठप्प भएपछि आफूहरु दिनानुदिन समस्यामा पर्दै गएको गुनासो नाई श्रमिकहरुको छ ।
पटकपटक अनुरोध गर्दा पनि सरकारले नसुनेको भन्दै उनीहरु सडकमा उत्रेका छन् । यसअघि गत असार ३० गते माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका उनीहरुले सरकारले विभेद गरेको आरोप लगाएका छन् ।
आउनुहोस्, उनीहरुले मंगलबार हातमा कैंची र काँइयो बोकेर निकालेको र्यालीमा सहभागी होऔं ।