टोकियो– जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योसिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
जापानको संसद्मा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
जापानको संसद्मा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसद्मा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन् ।
सुगा अहिले ७१ वर्षका भए ।
उनी सन् १९९१ मा प्रधानमन्त्री बनेको किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री हुन् ।
‘मेरो लगाव देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,’ उनले भने ।