काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १ हजार ६८ जना देशभरका विभिन्न अस्पतालबाट उपचारपछि घर फर्किएका छन् ।
वितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म देशभरका ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परिक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् । देशभरका क्वारेन्टिनमा ७ हजार ८ हजार २० जना रहेका छन् । देशभरका अस्पतालमा २६ जनाको भेन्टिलेटरमा तथा १ सय ७३ जना आईसीयूमा उपचार गराइरहेका छन् ।
नेपालमा अहिलेसम्म जम्मा ५८ हजार ३ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।