काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । तर, शंकास्पद व्यक्तिको मृत्युपछि उनीहरुको शव व्यवस्थापनमा सावधानि अपनाउन भनिएको छ ।
शंकास्पद व्यक्तिको अन्तिम संस्कारमा सहभागी तथा सम्पर्कमा आएका व्यक्तिले १४ दिन क्वारेन्टिन बस्नु पर्ने पनि बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘शवबाट नमुना निकाली कोरोना परीक्षण नगर्ने ।’
नेपालमा धेरैमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । अब भने मृत्यु भइसकेकाहरुको पीसीआर परीक्षण नगर्न निर्देशन दिएको हो ।