काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ३७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।