काठमाडाैँ– नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन् । नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।
आइसोलेसनमा बसेका बस्नेत कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिए । आगामी असोज ४ गतेदेखि उनी कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।