काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन परेको छ । उनी आजदेखि ७० वर्षमा प्रवेश गरेका छन् ।
मोदीको जन्मदिनको अवसरमा उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ‘सेवा सप्ताह’ अभियान समेत सुरु गरेको छ ।
पार्टीको यो अभियानमा वृक्षरोपण गर्ने, बिरामीहरुलाई फलफूल वितरण गर्ने तथा औषधि वितरण गर्ने कार्यक्रम रहेको भाजपाले बताएको छ ।
त्यस्तै मोदीको जन्मदिनको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शुभकामना दिएका छन् ।
ट्वीटर मार्फत शुभकामना दिएका ओलीले उनको सुस्वास्थ्य तथा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने कामनम गरेका छन् ।