एजेन्सी - कोराना भाइरसको महामारीको असर न्यूजील्याण्डमा पनि देखा परेको छ ।
३३ वर्षपछि न्यूजील्याण्डको अर्थव्यवस्थामा असर देखिएको हो । ‘द गार्डियन’ का अनुसार अहिले यँहाको अर्थव्यवस्थामा १२.२५ प्रतिशले गिरावट आएको छ ।
यो सन् १९८७ पछि न्यूजील्याण्डको अर्थतन्त्रमा भएको सबैभन्दा ठूलो गिरावट हो । उक्त प्रतिवेदनले सरकारी स्रोतलाई उद्धृत गर्दै यो जीडीपीको गिरावटको मुख्य कारण कोरोनाभाइरसको कारण लगाइएको प्रतिबन्ध भएको जनाएको छ ।
यँहा गरिएको लकडाउनले सबैभन्दा धेरै यस व्यापार र पर्यटन उद्योगलाई बढी प्रभावित पारेको थियो । न्यूजील्याण्ड पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व प्राप्त गर्ने देशहरु मध्ये एक हो ।