ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले छिट्टै यन्त्र मानव (रोबोट) प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो ।
कार्यालयमा आगन्तुक पस्दा र निस्कँदा यन्त्र मानवले मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत् आयोजनाका प्रमुख रोशन पाण्डेले बताए । उनले भने, ‘महिलाको स्वरुपमा निर्माण भइरहेको यसलाई ढोकामा राखिन्छ, यसले अभिवादन गर्ने, मास्क लगाएको वा नलगाएको छुट्टाउने, लगाए धन्यवाद व्यक्त गर्ने र नलगाए स्यानिटाइनर दिएर मास्क लगाउन दिनेछ ।’
कार्यालयमा छिर्ने व्यक्तिले कार्यालयबारे जानकारी लिनुपरेमा कृत्रिम इन्टेलिजेन्समार्फत बोलेर श्रव्यदृश्यका साथ दोहोरो संवाद समेत गराउने पाण्डेले जानकारी गराए ।