काठमाडौं - अष्ट्रेलियाको भिसा प्राप्ति प्रक्रियामा आवश्यक पर्ने बायोमेट्रिक सुरु हुने भएको छ । अष्ट्रेलियाली भिसा आवेदन केन्द्र (भिएफएस)ले दुई उप–वर्गहरूको लागि मात्र बायोमेट्रिक खुला गरेको हो ।
भिएफएसले आफ्नो आधिकारिक वेबसाइटमार्फत यसबारे जानकारी दिँदै २१ सेप्टेम्बरदेखि सबक्लास–५०० अर्थात विद्यार्थी भिसा र सबक्लास–५९० अर्थात विद्यार्थी अभिभावक भिसाका लागि बायोमेट्रिक खुल्ला गर्ने भएको हो ।
यसका लागि विद्यार्थीहरुले अग्रिम रुपमा ‘बायोमेट्रिक अपोइन्टमेन्ट’ लिनुपर्नेछ । भिएफएसले यसअघि दिँदै आएको ‘वा'क–इन अपोइन्टमेन्ट’ को सुविधा भने कोरोना भाइरस महामारीका कारण बन्द रहने जानकारी दिएको छ ।
यसबाहेक अन्य सेवाहरू भने अर्को सूचना जारी नहुँदासम्मको लागि बन्द रहने भिएफएसले जानकारी दिएको छ ।