काठमाडौं– वितेको २४ घण्टामा विश्वका २ लाख ९२ हजार ३ सय ७ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख ३७ हजार ४ सय ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभरीका ६ हजार ५७ जना मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । अघिल्लो २४ घण्टामा ५ हजार ५ सय २० जनाको मृत्यु भएको थियो
विश्वका २१६ देशमा फैलिएको कोरोनाका संक्रमणबाट अहिले ९ लाख ३७ हजार ३ सय ९१ जनाको मृत्यु भैसकेको छ ।