काठमाडौं– विश्वकर्मा पूजा आज फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण बन्द गरिएका लामो दूरीका सवारी साधान साथै कलकारखाना सुरक्षा मापडण्द अपनाइ चलाउन पाउने भएको छ. । विश्वकर्मा पूजा गर्दै यस्ता कदकारखानाहरु सुचारु भएका छन् ।
बन्दाबन्दीमा उद्योगलाई त असर परिनैहाल्यो, ती उद्योगम ज्यालादारीमा काम गर्नेहरु झनै मारमा परे । विश्वकर्मा पूजाके दिनबाट सरकारले खोल्न अनुमति दिएपछि पूजाका लागि ध्वजापताका लगाएर उनीहरुले हर्ष व्यक्त गरेपनि विश्वस्त भइसकेका छैनन् ।
हामीले ‘पूजा गरेपछि अब राम्रो होला है ?’ भनेर कुरा गर्दा ग्रील उद्योगका एक मजदुरले भने ‘काम गरेर खान्नेहरुको लागि सरकार भन्दा बाबाजीले बरु केही गर्नुहोला ।’
असोज १ मा विश्वकर्मा पूजा गरेर भोलिपल्ट पूजा र मूर्ति बिसर्जन गर्ने चलन छ । केही कारखाना तथा साना उद्योगहरुको पूजा हेरौं ।