अमेरिकामा कोरोना भाइरसले अल्पसंख्यक बालबालिकामा ठूलो खतरा भएको देखाएको छ । सिडिसीले गरेको अनुसन्धानमा गोरा बच्चाभन्दा कालो र हिस्पियन बच्चाको अधिक मृत्यु भएको उल्लेख गरेको छ ।
अमेरिकाको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी सेंटर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शन (सिडिसी) का अनुसार २१ वर्ष मुनिका बच्चाहरू मृत्युको उच्च जोखिममा रहेको बताएको छ । फेब्रुअरी १२ देखि जुलाई ३१ सम्म २१ वर्ष उमेर मुनिका १२१ बालबालिका कोरोनाबाट मरेको बताएको छ ।
जसमा १७ जना गोरा, ३५ जना काला र ५४ जना हिस्पियन बच्चाहरू रहेका थिए । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेमा ७५ प्रतिशत मानिस यस उमेर समूहका रहेका छन् । यो रिपोर्ट अमेरिकाको ४७ वटा राज्यहरुबाट डाटा संकलन पश्चात गरिएकोे अनुसन्धान पछि पत्ता लागेको हो ।
कुन उमेरका बच्चाको बढी मृत्यु
सिडिसीका अनुसार कोरोनाबाट एक वर्ष मुनिका बच्चाहरूको मृत्यु हुने संख्या १० प्रतिशत छ । त्यस्तै १ देखि ९ वर्ष बीचका बच्चाहरूको बीचमा यो संख्या २० प्रतिशत तथा १० देखि २० वर्ष उमेरका बच्चाहरुलाई पनि यसले बढी जोखिम भएको बताएको छ ।
मृत्युको कारण
सिडिसीका अनुसार मरिसकेका बच्चाहरू त्यस्ता परिवारका थिए जसका आमा बुबा ज्याला मजदुरी गर्ने कामदार थिए । त्यस्तै उनीहरुका बुवा आमा त्यस्तन पेशासँग सम्बन्धित थिए जसले प्रत्यक्ष रुपमा कोरोना भाइरसको सामना गर्नु पर्ने हुन्थ्यो ।
त्यस्तै मुत्यु हुने अन्य कारणहरुमा सानो कोठामा बस्ने, खाने र बस्ने कुरामा जोखिम भएकाले उनीहरुको मृत्यु भएको सीडीसीले जनाएको छ । बालबालिकाहरुको उच्च मृत्युदर उनमा गोराको तुलनामा काला र हिस्पियन बच्चाहरूको अभिभावकमा शिक्षा र आर्थिक अभाव भएको पनि बताइएको छ ।
अनुसन्धानको अनुसार अमेरिकामा कोरोनाबाट मर्ने बच्चाहरु ७५ प्रतिशत भन्दा बढीमा कम्तिमा एउटा स्वास्थ्य समस्या रहेको थियो भनिएको छ । मर्ने बच्चाहरुमा कोहीमा मोटोपना, फोक्सोको रोग तथा दमकोे समस्या थियो ।
इंगल्याण्डमा पनि गोरा भन्दा बढी कालाको नै मृत्यु
इंगल्याण्डमा पनि केही महिनाअघि गरिएको अनुसन्धानमा कोराना भाइरसबाट सबैभन्दा बढी काला जातिका मानिस नै रहेको बताइएको छ । कोरोनाभाइरस सम्बन्धी सरकारी तथ्यांकहरूले काला र एसियालीहरूलाई सबैभन्दा बढी खतरामा राखेको छ ।
नेशनल हेल्थ सर्भिस (नएचएस) अनुसार काला, एशियन र अल्पसंख्यकहरू इंग्ल्याण्डमा भाइरसको संक्रमण र मृत्युको उच्च जोखिममा रहेको बताएको छ । अस्पतालबाट जारी भएको तथ्याङकमा पनि भाइरसको कारण गोरा जातिको तुलनामा काला जातिको मृत्युदर २ गुणा रहेको छ । एनएचएसले जारी गरेको तथ्यांकअनुसार १ हजार मानिसमा गरेको अनुसन्धानमा पनि २३ जना बेलायती, २७ जना एशियन तथा ४३ जना काला मानिसको मृत्यु भएको बताएको छ ।