काठमाडौं - पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना पुरूष र ७ जना महिला गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।