काठमाडौं– मदन पुरस्कार गुठीले चन्द्रप्रकाश बानियाँलाई २०७६ सालको मदन पुरस्कार दिने निर्णय गरेको छ । गुठीले ‘महारानी' उपन्यासका लागि बानियाँलाई मदन पुरस्कार दिने घोषणा गरेको । गुठीले मदन पुरस्कारका लागि १ सय ५१ पुस्तकमध्येबाट बानियाँकाे महारानी उपन्यास छनाेट गरेकाे
त्यस्तै गुठीले जगदम्बाश्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय गरेको छ । आज बसेको गुठीको साधारण सभाले छ दशकदेखि गीत संगीत क्षेत्रमा समर्पित ठटाललाई जगदम्बा–श्री दिने घोषणा गरेको हाे ।