काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १३ सय २५ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्रै बितेको २४ घण्टामा ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा ६४ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट ९ सय ६६ जना कोरोना संक्रमित उपारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ४ जना पुरुष रहेका छन् ।