काठमाडौं– सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र ‘लक्ष्मीपूजा’ यही दसैंमा रिलिज हुने भएको छ । चलचित्र यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।
समिर मियाँले निर्देशन गरिरहेको यो चलचित्र शोभित बस्नेतने निर्माण गरेका हुन् । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
निर्माता शोभितका अनुसार जाहान्वी दोहोरो भूमिकामा देखिँदैछिन् । पारिवारिक प्रेमकथा रहने चलचित्र दशैं र तिहारको परिवेश देखाइनेछ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।