काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो २४ घण्टामा एक हजार पाँच कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । यो सहित ४७ हजार दुई सय ३८ कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
अब नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।