गुणस्तरयुक्त जीवन निर्वाहको लागि शारीरिक तथा मानसिक स्वास्थ्य सुधार वा अझै नबिगार्न आयुर्वेदीय स्वास्थ्य प्रणालीले विविध जडीबुटीको उपयोगको सल्लाह दिइन्छ । शरीरका अङ्ग प्रत्यङ्गलाई सरलरूपमा परिचालन गरिरहनको लागि पनि यस्ता जडीबुटीले विशेष भूमिका खेल्दछन् । यसर्थः मानसिक तथा शारीरिकरूपमा स्वस्थ रहनको लागि निम्नलिखित प्रमुख जडीबुटीहरुको प्रयोग गर्दा राम्रो हुन्छ ।
हुन त यी जडीबुटीहरु केही हाम्रो भान्छामा हरेक दिन प्रयोग हुन्छन् । यसैले हामी भन्छौं, ‘भान्छा नै पहिलो अस्पताल हो’ । यही अस्पतालमा प्रयोग हुने यी जडीबुटीलाई यस आलेखमा आयुर्वेदिक औषधीको रूपमा बताइन्छ ।
शरीरका अङ्गप्रत्यङ्ग एक अर्कामा सम्बन्धित
मानसिक र शारीरिक अवस्थाहरु अन्तरसम्बन्धीत हुन्छन् । मनमा विकार आयो भने शरीरमा पनि समस्या हुन्छ, शरीर सन्चो भएन भने बिस्तारै दिमागमा पनि असर पर्दछ । आयुर्वेदिक ग्रन्थहरुले मानसिक रोगहरु र शारीरिक विमारीहरुको अन्तर्सम्बन्धलाई स्पष्टरूपमा चर्चा परिचर्चा गरेका छन् ।
हाम्रो शरीरको पेटमा समस्या छ भने यसबाट हामीले बुझ्नुपर्दछ कि हाम्रो पाचन प्रणालीमा गडबडी छ । यसको लागि ज्यादा मसलेदार खाना नखानु अनि धेरै रसादार खाना नखानु पेटको लागि हितकर हुन्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने, मस्तिष्कको कामलाई ठीक गर्ने र सामन्यीकरण गर्ने, हाम्रा हड्डीको कार्यलाई सही राख्ने, तनावलाई व्यवस्थापन गर्ने, के कारणले पेटमा समस्या आयो भनेर सोच्ने जस्ता कार्यहरुबाट पेटको समस्यालाई ठीक गर्न सकिन्छ ।
यस्ता उदाहरणबाट के पनि पुष्टि हुन्छ भने आयुर्वेदीय स्वास्थ्य प्रणालीले स्वास्थ्यलाई सर्वाङ्गीण स्वरूपको रूपमा व्यवहार गर्दछ ।
पाचन प्रणालीको वृद्धिको लागि
चरकसंहिता, सुश्रुतसंहिता जस्ता लगभग दुई हजार वर्ष पुराना आयुर्वेदका प्रमुख शास्त्रहरुले पाचन प्रणालीको रक्षार्थ अनि वृद्धिको लागि विविध औषधोपचारको बारेमा चर्चा–परिचर्चा गरेका छन् । पाचन प्रणालीले प्राकृतिक रूपमा काम गर्यो भने बुझ्नुस् तपाईमा खुसीयाली छायो । खाएको चीजबीज नपचेमा शरीरमा चाहिने तत्त्वहरु जस्तै भिटामिन, मिनरल तथा रक्त निर्माण तथा रगतलाई शरीरभरी परिचालनको सहयोगी तत्त्वहरु खाएकै चीजहरुबाट प्राप्त हुन्छ ।
अलैंची, हर्रो, सुप, भ्याभिदङ्ग (संस्कृतमा विडङ्ग) जस्ता जडीबुटीको समुचित प्रयोगबाट पाचन प्रणालीमा सुधार हुन्छ । अलैंचीमा ‘एन्टी अक्सिडेण्ट’ हुने हुँदा समुचित प्रयोगबाट रोगसँग लड्ने क्षमतामा विस्तारै वृद्धि हुन्छ । त्यसैगरी ब्लड प्रेसरको उतार चढावलाई नियमित गर्न र ज्वलन अर्थात् ‘इन्फ्लामेसन’ हुने समस्या रोक्न मदत गर्छ ।
पेटभित्र हुने विभिन्न ब्याक्टेरियाले हाम्रो समग्र पाचन प्रणालीलाई नियन्त्रण गरिरहेको हुन्छ । असल ब्याक्टेरियाहरुको सङ्ख्या बढाएमा पाचन राम्रो हुन्छ । पाचन प्रणालीलाई नियमित र सुचारू गर्नको लागि हर्रोले महत्त्वपूर्ण जडीबुटी हो । पेटको भित्री तहमा श्लेष्म अर्थात् ‘म्यूकस’ हुन्छ जसले कोषहरुलाई क्षयकारी पेट एसिडबाट जोगाउँछ । यसको लागि हर्रोले महत्त्वपूर्ण भूमिका निभाउँछ । हर्रोले शरीरलाई पेट अम्ल अर्थात ‘एसिड’ उत्पादन घटाउने र रगतमा ग्लुकोजको मात्रालाई सन्तुलन कायम गर्न सघाउँछ ।
- मस्तिष्कको कोषहरुमा ससाना संकेत मोलिक्युलहरुको उत्पादन बढाई दिमागको विभिन्न क्षेत्रहरुबीच राम्रो सञ्चार गराउँछ । जसले गर्दा भावनाहरुलाई स्थिर गराई गहन निद्रा लाग्नको लागि मार्गप्रशस्त गर्छ ।
हेर्दा साधारण भएपनि सुप अर्थात् ‘फेनेल सीड’ले पनि पाचन प्रणालीमा सकारात्मक असर गर्दछ । यसले आमाशयको भित्री तहलाई खराब एसिडबाट र हानिकारक ‘मोलिक्युल’हरुबाट बचाउँछ । मस्तिष्कको संवेग केन्द्रमा सकारात्मक प्रभाव पार्नुको साथै स्मरण शक्ति बढाउन मदत गर्दछ । कलेजो रक्षाको लागि पनि समुचित रूपमा सुपको प्रयोग गरिँदा हितकारी हुन्छ ।
स्वस्थ जीवनको आधार निद्रा
गहिरो निद्राले तन्तुहरुलाई सुधार्न सहयोग गर्नुको साथै मांशपेशीको वृद्धिमा सहयोग गर्छ । अर्को महत्त्वपूर्ण पक्ष के हो भने गहिरो निद्रा स्मरण शक्तिसँग सम्बन्धित छ, निद्रा धेरै नै बिग्रियो भने स्मरण शक्ति बिस्तारै क्षय हुँदै जान्छ । आयुर्वेदीय शास्त्रीय ग्रन्थहरुमा निद्राको विशेष चर्चा गर्दै राम्रो निद्राको लागि आयुर्वेदका प्रमुख ग्रन्थहरुले धेरै औषधीको उल्लेख गरेका छन् । ब्राह्मी, जटामांसी, शंखपुष्पी जस्ता जडीबुटीहरुको समुचित प्रयोगबाट गहिरो निद्रा लाग्छ र स्मरण शक्ति वृद्धि हुन्छ ।
ब्राह्मीको समुचित प्रयोगबाट मस्तिष्कमा रक्तप्रवाह बढ्छ र अक्सिजनको प्रवाह बढाउँछ । जसले गर्दा मस्तिष्कलाई सँधै फ्रेस गराउँछ । यो एक लहरावाला वनस्पती हो जसले हाम्रो दिमागको लागि सबै किसिमले राम्रो गर्छ । यो एक एडाप्टोजेन हो, यसको मतलब यसले शरीरलाई मानसिक तथा शारीरिक तनावसँग जुध्न सघाउँछ । यसरी नै ब्राह्मीले मस्तिष्कको मेमोरी सेन्टर, हिप्पोक्याम्पसमा नर्मल बातचित बढाउँछ, जुन आफैंमा सकारात्मक हो ।
यसले नशालाई शान्त गराउने तत्त्व भएको जटामांसी पनि मस्तिष्कको लागि एउटा राम्रो औषधी हो । स्मरण शक्ति बढाउनको लागि मस्तिष्कमा रक्तप्रवाहको वृद्धि गराउन र निद्रा लगाउन यसको प्रयोग गर्न सकिन्छ । जटामांसीको जरा र राइजोम धेरै नै हितकारी हुन्छ जसले मस्तिष्कलाई शान्त राख्छ र पेङ्क्रियाजको पनि रक्षा गर्छ । मस्तिष्कमा ह्याप्पी केमिकल बढाउन सघाउने यसले स्मरण शक्तिको वृद्धि तथा अनुभूति जस्ता मानसिक स्वास्थ्यसँग सम्बन्धित पक्षलाई सबल पार्दछ ।
अर्को महत्त्वपूर्ण शंखपुष्पी हो जसले निद्रा लगाउन सहयोग गर्छ, तनाव तथा ‘एन्जाइटी’ घटाउन सघाउँछ । यो औषधीले तनाव हर्मोनहरु एड्रेनालाइन र कोर्टिसोल घटाएर हाम्रो स्नायुहरुलाई शान्त गर्न सहयोग त गर्छ नै ह्याप्पी केमिकललाई बढाउँदछ । मस्तिष्कको कोषहरुमा ससाना संकेत मोलिक्युलहरुको उत्पादन बढाई दिमागको विभिन्न क्षेत्रहरुबीच राम्रो सञ्चार गराउँछ । जसले गर्दा भावनाहरुलाई स्थिर गराई गहन निद्रा लाग्नको लागि मार्गप्रशस्त गर्छ ।
मेटाबोलिज्म
साधारणतया शरीरको माध्यमबाट उर्जाको प्रवाहलाई निर्देश गर्ने प्रक्रियालाई ‘मेटाबोलिज्म’ भनिन्छ । शरीरको प्राकृतिक रूपमा मेटाबोलिज्मको वृद्धि गर्न अमला, अश्वगन्धा, शतावरी जस्ता औषधीहरुको समुचित प्रयोग गर्न जरुरी छ । अमिलो फलहरुमध्ये सबैभन्दा राम्रो फल त्रिफलामध्येको प्रमुख अमलामा भिटामिन सी अत्यधिक रूपमा पाइने हो अमला हुँदा शरीरमा रक्त ग्लुकोज नियन्त्रण गर्न सहयोग गर्छ । अमलाको समुचित सेवन कोलेष्टरको लेभल बढ्न रोक्नको लागि वरदान सावित भएको छ । मुटुको सुरक्षाको एउटा राम्रो औषधी अमला हो अमलाले रोग प्रतिरक्षा प्रणालीलाई नियमन गर्न हो अमला निकै सघाउँदछ ।
- बेसारको जरामा हाम्रो शरीरलाई सामञ्जस्यपूर्ण रूपमा काम गर्न र स्वास्थ्य सुधार गर्न २३५ भन्दा बढी यौगिकहरु पाइन्छ ।
अर्को महत्त्वपूर्ण औषधी अश्वगन्धाको समुचित प्रयोगबाट तनाव कम हुने र शरीरमा मेटाबोलिज्म बढ्न जान्छ । तनाव हर्मोनलाई सन्तुलन गर्न, हड्डीको जोर्नीलाई मजबूत गर्न, स्टामिना बढाउन यसले काम गर्छ । निद्रा नलाग्नेहरुका लागि यो औषधी धेरै नै लाभकारी सावित भएको विभिन्न अनुसन्धानहरुले पनि प्रष्ट्याएको छ । अश्वगन्धाको ल्याटिन नाम ‘सोम्निफेरा’ हो जसको अर्थ हुनजान्छ ‘निद्रा लाभ’ । आयुर्वेदिक चिकित्सकको सल्लाह बमोजिम यी औषधीहरुको प्रयोग गर्न जरुरी छ ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि
शरीरको रक्षाको लागि रोग प्रतिरोधात्मक क्षमताको प्रमुख हात हुन्छ । विदेशी भाइरललाई रोक्न तथा रोग निम्त्याउने माइक्रोब वा रोगजनक भाइरसलाई रोक्न पनि विभिन्न आयुर्वेदीय औषधीहरुको प्रयोग गरेमा राम्रो हुन्छ भनेर चरकसंहिता, सुश्रुतसंहिता अनि अष्टांङ्गहृदयसंहिता जस्ता प्रमुख ग्रन्थहरुले उल्लेख गरेका छन् । गट ब्याक्टेरिया अर्थात् पेटमा हुने ब्याक्टेरिया आदिको लागि पनि केही औषधीको प्रयोग हितकारी हुन्छ । गुडुची अर्थात् गुर्जो, बेसार, तुलसीपत्ता जस्ता औषधीको प्रयोगबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
गुडुची अर्थात् गुर्जोमा हुने ‘पोलिसक्यारिड्स्’ जस्ता प्रतिरक्षात्मक एजेन्टहरु सक्रिय हुने हुँदा यस औषधीले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ । यसले सेरोटोनिन र डोपामाइन जस्ता राम्रा रसायनहरुले महसुस गर्ने स्तर र मानसिक सुस्वास्थ्यमा पनि योगदान पुर्याउँछ ।
बेसारको जरामा हाम्रो शरीरलाई सामञ्जस्यपूर्ण रूपमा काम गर्न र स्वास्थ्य सुधार गर्न २३५ भन्दा बढी यौगिकहरु पाइन्छ । बेसारमा पाइने ‘कुर्कुमिनोइड्स्’ तत्त्वले गर्दा ब्याक्टेरियाको झिल्लीलाई ध्वस्त गर्छ जसले गर्दा शरीरमा रोगप्रतिरक्षा बढ्न जान्छ । यसैगरी कुर्कुमिनोइड्स्ले ब्याक्टेरियाको एन्जाइमहरुलाई निष्क्रिय गराउँछ जसले गर्दा संक्रमण फैलाउने इन्जाइमहरु निष्क्रिय भई रोग्रप्रतिरक्षा प्रणाली मजबूत हुन्छ । यसैगरी ‘इन्फ्लामेशन’ जस्ता रोगका कारक तत्त्वहरुलाई निवारण गर्न पनि बेसार हितकारी हुन्छ ।
तुलसीलाई जडीबुटीहरुको रानी पनि भनिन्छ । यसको प्रयोगबाट तनाव कम गर्न सकिन्छ । तनाव हर्मोन, कोर्तिसोललाई कम गर्न उपयोगी हुने तुलसीले मनस्थितिलाई नियमन गर्दछ । लडाकू सेलको वृद्धि गर्न तुलसीको सेवन लाभकारी हुन्छ । कलेजोलाई फ्रेस र पूर्ण काम गर्ने बनाउनका लागि तुलसीको सेवन लाभकारी हुन्छ । कोलोस्ट्रोलको लेभललाई नियमन गर्न पनि तुलसीलाई उपयोग गर्न सकिन्छ । आयुर्वेदिक चिकित्सकको सल्लाह बमोजिम यी औषधीहरुको प्रयोग गर्नुपर्छ ।
मानसिक स्वास्थ्य
शरीरको एक प्रमुख अङ्गमध्ये मस्तिष्क हो । यदी यो अङ्ग राम्रोसँग काम नगरेमा शरीरको धेरै भागहरुमा समस्या आउनसक्छ । शरीरमा मेटाबोलिज्म राम्रो नभएमा मानसिक स्वास्थ्यमा ठूलो नकारात्मक असर पर्नसक्छ । ब्राह्मी, जटामांसी, शंखपुष्पी, बेसार जस्ता औषधीहरुले मानसिक स्वास्थ्यमा सकारात्मक असर पुर्याउँछ । माथि उल्लेख गरेजस्तै आयुर्वेदिक चिकित्सकको सल्लाह बमोजिम मात्रै यी औषधीहरुको प्रयोग गर्नुहोला ।
शारीरिक स्वास्थ्य
स्वास्थ्यको प्रमुख आधार मानसिक स्वास्थ्य हो । त्यसैगरी शारीरिक स्वास्थ्यको प्रमुख भाग भनेको मानसिक स्वास्थ्य पनि हो । शारीरिक स्वास्थ्यलाई बचाइराख्न अश्वगन्धा, पुनर्नभा, शतावरी जस्ता आयुर्वेदिक औषधीको समुचित प्रयोग आवश्यक हुन्छ ।
हाम्रै प्रकृतिमा पाइने यस्ता औषधीहरु धेरै जस्तो हाम्रो भान्सामा सदियौंदेखि प्रयोग हुँदै आएको पनि छ । बाँकी औषधीहरु पनि हाम्रै घर वरिपरि पाउन सकिन्छ । पैसा तिरेर किन्नुपरेमा पनि सुपथ मुल्यमा उपलब्ध छन् ।
फेरि पनि माथि उल्लिखित औषधीहरुको प्रयोग नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त आयुर्वेदिक चिकित्सकको सल्लाह बमोजिम गरिनुपर्दछ ।
अर्को आलेखमा मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यमा प्रयोग गर्न सकिने आयुर्वेदिक औषधीहरुको बारेमा चर्चा गरिनेछ ।
(आलेखाकार आयुर्वेदिक स्वास्थ्य पद्धतिको ऐतिहासिक ग्रन्थको बारेमा अध्ययन अनुसन्धान गर्छन् ।)
मधुसूदन रिमालको ‘पब्लिक हेल्थ डिस्कोर्स’ पढ्नुहोस्,
- सातौं शताब्दीमै लेखिएको थियो हाच्छियुँ गर्दा मुख छोप्ने कुरा
- हातको बूढीऔंला फेदको धमनी मानव जीवनको साक्षी
- नव-उदारवादी अर्थ व्यवस्था महामारीसँग जुध्न सक्छ ?
- आयुर्वेदको ऐतिहासिक नालीबेलीः अभ्यास, संस्कृति र प्रभावकारिता