काठमाडौं– पछिल्लो २४ घण्टामा विश्वभरीका २ लाख ७२ हजार ५ सय ८५ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो २४ घण्टामा भने ३ लाख ३ हजार ८ सय मानिसमा कोरोना संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनमा उल्लेख छ ।
विश्वका ९ लाख ५९ हजार १ सय १६ जना मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
अहिलेसम्म विश्वका ३ करोड ९ लाख ४९ हजार ८ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।