काठमाडौं - बाँकेमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
यो सँगै बाँकेमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको हो ।
मृतक बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं ७ का ६४ वर्षीय पुरुष हुन् । उनलाई निमोनियाको बिमार देखिएपछि असोज ४ गते अस्पताल भर्ना गरिएको थियो ।
असोज ५ गते पिसिआर परीक्षण गर्दा भने उनलाई कोरोना भाइरसको संक्रमण भएको पनि पुष्टि भएको थियो ।