काठमाडौं– ललितपुरस्थित अल्का अस्पतालमा उपचाररत १ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ती निकाल्दै अल्कामा आज बिहान १ संक्रमितको मृत्यु भएको जनाएको छ ।
अल्कामा उपचार गराइरहेका ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । उग भदौ १७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या देखिएकनो थियो ।
उता, ललितपुरकै मेघा अस्पतालमा उपचाररत ८० वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । उनको हिजो साँझ ५ बजे मृत्यु भएको हो । उी हिजो मात्रै अस्पताल भर्ना भएका थिए ।